काठमाडौँ, २६ भदौ । पूर्वराष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र व्यापक क्षति भएका छन् ।
बिहीबार त्यहाँ पुग्दा आगलागीपछि घरभित्र जलेका लुगा, औषधि र टिचिङ अस्पतालका रिपोर्टलगायत सामान छरपस्ट अवस्थामा भेटिएको छ ।
आगलागीले घरका विभिन्न कोठा धुवाँ र खरानीले भरिएका छन् । निजी प्रयोगका वस्तु मात्र नभई अन्य सामग्री समेत क्षतिग्रस्त भएको छ ।















