काठमाडौं, २४ भदौ । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएको अस्पतालका निर्देशक मोहन रेग्मीले बताए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए ।
दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए । यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।














