काठमाडौं, २४ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ ।
देशभरका विभिनन कर्फ्यू जारी भएका स्थानमा प्रदर्शन सुरु भइसकेको छ ।
यसैबीच रौतहटको इन्द्रिस गेटमा टायर बालेर विद्यार्थीले प्रदर्शन गरेका हुन् । त्यस्तै, रौतहटको यमुनामाई माध्यमिक विद्यालयका विद्यार्थीहरू गौर–चपुर सडक खण्डमा शेख इद्रिस गेट नजिक टायर बालेर प्रदर्शन गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।














