काठमाडौं, २३ भदौं । काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे ।
ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ । ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ ।
उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ ।
त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए । मृतकहरूको परिचय खुलेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ ।














