काठमाडौं, १७ भदौ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन् ।
प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म अनय नियुक्ति लिन नपाउने सम्बन्धी कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताइन् ।














