काठमाडौं, १६ भदौ । रुपन्देही–३ को उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीले सिफारिस गरेका नाममध्ये कार्यदलले तीन उम्मेदवारलाई छानेर केन्द्रीय समितिमा पठाउनेछ । उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने तय भएको छ ।














