KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशसभा अवरुद्ध : प्रतिपक्षको एक स्वर – ‘अर्थमन्त्री राजीनामा देऊ’

मधेश प्रदेशसभा अवरुद्ध : प्रतिपक्षको एक स्वर – ‘अर्थमन्त्री राजीनामा देऊ’

जनकपुर, १२ भदौ । मधेश प्रदेशसभा पछिल्ला दिनहरूमा गम्भीर राजनीतिक गतिरोधको सामना गरिरहेको छ । बिहीबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।

विरोधको केन्द्रमा रहेका छन् – मधेश प्रदेशका अर्थमन्त्री सुनिलप्रसाद साह । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअषिश यादवले संसद्को बैठकमा स्पष्ट शब्दमा अर्थमन्त्री साहको राजीनामा माग गरे ।

उनका अनुसार प्रदेश सरकारले प्रतिपक्षको अनुपस्थितिमा र संसद्लाई छल्दै बजेट प्रस्तुत गरेको छ, जुन संसदीय मर्यादाविपरीत छ । “अर्थमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न दिने छैनौं,” यादवले भने ।

सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले आग्रह गरे तापनि, प्रतिपक्षका सांसदहरू आफ्नो अडानबाट नहटेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

बिहीबारको बैठक प्रमुख प्रतिपक्ष जसपा मात्र नभई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसदहरूले पनि बहिष्कार गरेका थिए । यिनै दलहरूले बिहान बसेको सर्वदलीय बैठक समेत बहिष्कार गरेका थिए । विवादको मूल विषय भनेको बजेट प्रक्रिया नै हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको मूल बजेट दस्तावेज रेडबुक ४६१ पृष्ठको थियो । तर, प्रतिपक्षको विरोधपछि गठित कार्यदलले सरकार संसद्लाई छल्दै ३०५ पृष्ठ मात्रको बजेट पास गराएको खुलासा गरेको छ ।

विपक्षी सांसदहरू यसलाई लोकतान्त्रिक अभ्यासमाथिको हस्तक्षेप भन्दै आलोचना गर्दै आएका छन् । यता सत्तारूढ पक्ष भने प्रतिपक्षको आरोप निराधार भएको दाबी गर्दै संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरिरहेको छ ।

तर प्रतिपक्ष भने अर्थमन्त्री साहले राजीनामा नगरेसम्म संसद चल्न नसक्ने अडानमा अडिएको छ ।

Facebook Comment

Related Posts

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar