काठमाडौं, १२ भदौ । ललितपुरको सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएका छन् ।
गोदावरी नगरपालिका–१ दमाइटार नजिकमा बागमती प्रदेश नम्बर ०२–०२२ प ०२३४ को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार ३८ वर्षीय दीपक विष्टको मृत्यु भएको हो ।
गोदावरी–२ निवासी विष्टलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
उक्त मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिए ।














