काठमाडौँ, ११ भदौ । चितवनको दुई किशोरी दिदीबहिनी मंगलबार बिहानदेखि बेपत्ता भएका छन् ।
बेपत्ता भएमा भरतपुर महानगरपालिका–१० नहरचोकमा बस्दै आएको १६ वर्षीया रिना थापा र १३ वर्षीया उनकी बहिनी रोशनी विक रहेको छ ।
उनीहरू हाल बसोबास चितवनमा गरे पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् । परिवारका अनुसार दुवै दिदीबहिनी मंगलबार बिहान “सिन्धुपाल्चोक जाँदैछौं” भनेर घरबाट निस्केको थियो ।
तर त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेको र खोजीका लागि प्रहरीमा उजुरी दिइएको परिवारले बताएको छ । प्रहरीले मोबाइल ट्रयाकिङमार्फत उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएको हुँदा काठमाडौं प्रहरीसँग पनि समन्वय गरी खोजबिन भइरहेको जनाए ।
आफन्तले दिदीबहिनीलाई कसैले कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गरिदिन आग्रह गरेको छ ।
बाकीका अनुशन्धान भइहेको जल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जनाए ।














