काठमाडौं, ११ भदौ । मोरङमा कारागारको शौचालयमा महिला कैदीको शव फेला भटिएका छन् ।
बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को मृत अवस्थामा भएको हो ।
जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय भएको थियो । भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो ।
एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेका थिए । २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजायँ सुनाएका थिए ।
उनको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताए ।














