काठमाडौँ, ५ भादौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ ।
बिहिवार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुने समितिले जनाएको छ ।
यसअघि समितिबाट पारित गर्ने तयारी भए पनि विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।














