काठमाडौं, २ भदौ । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या रहेका छन् ।
उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सोमवार रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थियो ।
सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो । रगतको रिपोर्ट भने आइनसकेको झाले जनाए ।
लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।














