काठमाडौं, २ भदौ । भारतीय विदेशसचिव विक्रम मिश्री बसेको होटलमा पुगेर मधेशवादी दलका नेताहरुले भेटवार्ता गर्नु. भएका छन् ।
परराष्ट्र मन्त्रालयको अनुसार, मिश्रीले सोमबार बिहान पशुपति दर्शन गरेर नेपाली सेनाको जंगीअड्डा पुगेका थियो । त्यसपछि होटलमै केही अनौपचारिक भेटघाट गर्ने भनिएको थियो । त्यसक्रममा मधेशवादी दलका नेताहरुसँग भेट हुन लागेको बताएको छ ।
केही नेताहरु भेटका लागि होटल पुगिसकेको समेत जनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएको थियो ।
आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको छ ।
मिश्री दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।














