काठमाडौं, ३० साउन । रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका छ ।
श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको हो । पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ ।
१५ जनाभन्दा धेरै अहिले पनि उपचाररत हुनुहुन्छ,’ उनले भने उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।
आज पनि हामी अवस्था बुझ्ने कोशिसमै छौँ । कुवेतमा मदिरा सेवन प्रतिवन्ध छ । तर पनि नेपालीसहित रोजगारीका लागि पुगेकाहरूले मदिरा सेवन गरेको घटना बेलाबखत बाहिरिने गरेको छ ।














