जनकपुर ,२८ साउन । धनुषामा लागुऔषध कारोबारीलाई गोली चलाएर प्रहरीले समातेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पप्पु साह नाम गरेका छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएका छन् ।
पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरीले बताए । मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।
ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको जनाएको छ ।














