काठमाडौं, २८ साउन । विराटनगरकोे बालसुधार गृहमा झडपले एक जना प्रहरी घाइते भएका छन् ।
बुधवार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले बताए ।
सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ ।
सुनारका अनुसार अहिले अवस्था सामान्य छ । सुधार गृहमा २४९ जना बालकहरू छन् ।














