जनकपुर, २७ साउन । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिनु भएका छन् ।
कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू भएका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले जनाए ।
एसपी मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थियो । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् ।
उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भयो’, एसपी मिश्रले बताए । नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाए ।
आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् । थप जानकारी आउन बाकी रहेको एसपी मिश्रले बताए ।














