काठमाडौं, २२ साउन । विश्व राजनीतिमा अमेरिका र भारत सम्बन्धमा दुई वर्षभित्र व्यापक फेरबदल भएको छ ।
दुई वर्ष अगाडि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाले ह्वाइट हाउसमा भव्य स्वागत गरेको थिए । अमेरिकी संसदमा उनको भाषणमा तालीका पर्रा छुटेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको खुलेर प्रशंसा गरेका थियो । यस पछाडि दुई रणनीतिक उद्देश्य थिए ।
पहिलो, अमेरिका चाहन्थ्यो कि भारतले युक्रेनमा रुसको आक्रमणसम्बन्धी मामिलामा स्पष्ट धारणा प्रस्तुत गरोस् । दोस्रो, भारतलाई यस्तो गठबन्धनमा सहभागी गराउने चाहना थियो जसले चीनको बढ्दो प्रभावको सामना गर्न सकोस् ।
त्यो क्षणले विश्व लगातार विभाजित हुँदै गएको परिस्थितिमा भारत अमेरिकाको एक भरोसायोग्य साझेदार भएको संकेत दिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिका र भारतबीच तनाव बढ्ने स्पष्ट संकेत देखाएको छ । किनकी ट्रम्पले भारतबाट आयात हुने वस्तुमा भन्सार शुल्क (ट्यारिफ) बढाउँदै ५० प्रतिशत पु¥याएका छन् ।
भारतले पनि अमेरिकाको यो निर्णयको कडा शब्दमा आलोचना गर्दै उपयुक्त जवाफ दिने जनाए । कतिपय कूटनीतिज्ञहरू यो व्यापार युद्धले अल्पकालीन रूपमा भारतलाई नोक्सान पु¥याउन सक्ने अनुमान गर्छन् । यससँगै अमेरिकाले भने एक नजिकको र महत्वपूर्ण साझेदार गुमाउन सक्ने सम्भावना देखिएका छन् ।
भारत त्यस्तो साझेदार हो जो चीनविरुद्ध अमेरिकाका लागि उपयोगी हुन सक्थ्यो । ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी निर्णय भारतका लागि ठूलो झट्का हो । भारतीय निर्यात संगठन (एफआईईओ) ले यसलाई ‘अत्यन्तै चकित पार्ने’ निर्णय भनेको छ । संगठनले भनेको छ– यस निर्णयले अमेरिकामा भारतबाट हुने कुल निर्यातको आधाभन्दा बढी प्रभावित हुनेछ ।














