काठमाडौं, २१ साउन । ३८ हजारको नक्कली नोटसहित सुनसरीबाट २ जना पक्राउ भएका छन् ।
भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै भएको सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थियो ।
मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको छ ।
बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जनाएको छ ।














