KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसमा पत्रकारिता संस्थागत गर्न ऐतिहासिक पहल : जनकपुरमा भवन बन्ने

मधेसमा पत्रकारिता संस्थागत गर्न ऐतिहासिक पहल : जनकपुरमा भवन बन्ने

जनकपुर, २० साउन । नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आफ्नो प्रादेशिक भवन निर्माणका लागि जनकपुर उपमहानगरपालिका–४ स्थित गुठी संस्थानको चार कठ्ठा जग्गा औपचारिक रूपमा प्राप्त गरेको छ ।

गुठी संस्थान प्रधान कार्यालय र महासंघबीच लिज सम्झौतामार्फत जग्गा उपलब्ध गराइएको हो । यस सम्झौतामा गुठी संस्थानका प्रशासक तथा कार्यकारी प्रमुख शैलेस राज कुवर र नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जराले हस्ताक्षर गरेका हुन् ।

३० वर्षे लिज अवधिको सम्झौता अन्तर्गत पत्रकार महासंघले सो जग्गामा आफ्नै स्थायी भवन निर्माण गर्न पाउने भएको छ । यो उपलब्धिमा महासंघ मधेस प्रदेशका अध्यक्ष बन्जराको नेतृत्वमा भएको सक्रिय पहल र महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको समन्वय र लगनशीलता विशेषरूपमा उल्लेखनीय रहेको महासंघले जनाएको छ ।

साथै यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति महासंघले आभार व्यक्त गरेको छ । अध्यक्ष बन्जराले यो उपलब्धिलाई “ऐतिहासिक उपलब्धि“ भन्दै मधेसमा पत्रकारिता विकास र संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरे ।

“भवन निर्माणपछि मधेस प्रदेशमा क्रियाशील पत्रकारहरूलाई संस्थागत रूपमा अझ व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्न सकिनेछ,” उनले भने । उनले थपे, “मधेस प्रदेश सरकारले पनि यस परियोजनाका लागि स्रोत सुनिश्चित गरिसकेको छ, र केही महिनाभित्रै भवन निर्माणको ठोस कार्य सुरु हुनेछ ।

भवन निर्माण सम्पन्न भएपछि पत्रकार महासंघको प्रदेशस्तरीय गतिविधिलाई थप प्रभावकारी बनाउने, पत्रकारहरूका लागि तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रम सञ्चालन गर्न अनुकूल हुने अपेक्षा गरिएको छ ।

यसअघि मधेस प्रदेशमा पत्रकार महासंघको कुनै स्थायी भौतिक संरचना नहुनु संस्थागत कार्यमा बाधक बनिरहेको थियो । अब भने यो भवन पत्रकारहरूको साझा घर बन्ने विश्वास गरिएको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar