महोत्तरी, १९ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
सोमवार साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे ।
मधेसका कोशीदेखि ठोरीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवद्र्धन केन्द्रित पूर्वाधार निर्माण र सम्पदाको संरक्षण गर्न पर्दछ”, सिंहले भने, “मधेस प्रदेश सरकार यिनको विकास र सम्वद्र्धनप्रति प्रतिबद्ध छ ।
महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम क्षेत्रमा प्रदेश सरकारको चासो यसबीचमा थालिएका कामबाट देखिने उनले बताए ।
महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम सघन वनक्षेत्रभित्र चुरे पर्वत श्रेणीेका काखमा भएका हुँदा भौगोलिक र प्राकृतिक रूपले रमणीय ठाउँ भएको मुख्यमन्त्री सिंहले बताए ।
प्रदेश सरकारले आफ्नो भूगोल क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानको दर्शनपछि मुख्यमन्त्री सिंहले त्यहाँ थालिएका पूर्वाधार निर्माणका कामको अवलोकन गरे ।














