रौतहट, १९ साउन । रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिकाका–८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिरको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पु¥याइको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।














