KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लागु औषध मुद्दा सजायमा गाउँपालिका उपाध्यक्षमा

लागु औषध मुद्दा सजायमा गाउँपालिका उपाध्यक्षमा

काठमाडौँ, १८ साउन । भुम्लु गाउँपालिकाका उपाध्यक्षले लागु औषध मुद्दामा उच्च अदालत पाटनबाट सजाय पाएका छन् ।

लागु औषध मुद्दामा उच्च अदालतबाट ५ वर्ष कैद र ५ हजार र जरिवाना पाएका दावा लामा भन्ने जितेन्द्रमान तामाङविरुद्धको लागुऔषध मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएसँगै सो तथ्य खुलेको छ ।

लामा काग्रेसको तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्षमा विजयी भएका थियो । लामाविरुद्धको लागुऔषध मुद्दा न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

२०७१ भदौ २ गते प्रहरीले बौद्ध, नयाँ बस्तीस्थित दिव्य पार्टी प्यालेसको स्वीमिङ पुलबाट दावालाई पक्राउ गर्दा उनीबाट एप्पल कम्पनीको मोबाइल थान–१, सामसुङ कम्पनीको मोबाइल थान १ सहित १४८० ग्राम खैरो हेरोइन बरामद भएको थियो । जुन मुद्दामा लामालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासबाट दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

उनीसँगै कञ्चनपुर जिल्ला, महेन्द्रनगर नगरपालिका वडा नं ४ का प्रवीण खड्का र दार्चुला साबिक धारी गाविस ७ का वीरेन्द्रबहादुर कुँवर पनि पक्राउ परेका थिए । जिल्लाको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय उच्च पुगेको थियो । सो मुद्दामा उच्च अदालतले उनलाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको खुलेको छ । अदालतले दोषी ठहर गरेकै अवस्थामा उनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थियो ।

उच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४।८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले बकपत्रसमेत गरेको देखिएको अवस्थामा निज प्रतिवादीलाई आरोपित गरिएको लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४ (१) बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी काठमाडौँ जिल्ला अदालतबाट भएको ०७२–०८–२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४(१) र ६(१)बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर्छ ।’ उनीसँगै पक्राउ परेका प्रवीण खड्का र वीरेन्द्रबहादुर कुँवरसँग भने लागुऔषध बरामद नभएका आधारमा सफाइको फैसला भएको थियो ।

लामाले दिएको निवेदनमा पहिलो पेशी २०७८ कात्तिक ८ गतेका लागि तोकिएको थियो । लामाको यो मुद्दामा सर्वोच्चमा १५ पटक पेशी तोकिसकेको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar