काठमाडौ, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उतिबेला नै क्रियाशीलता छाडेर राष्ट्रपति नबन्न सुझाव दिएको बताएका छन् ।
जिफन्टको १२ औँ प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको बताएका हुन् ।
उनले पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको बताएका छन् ।














