काठमाडौँ, १४ साउन । बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।
भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ । रुसको सुदूर पूर्वमा कामचट्स्कीबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो ।














