जनकपुर, १३ साउन। धनुषाको जनकपुर उपमहानगरपालिका ४ मा धारिलो हतियार प्रहार गरी एक जनालाई हत्या गरिएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो ।
२६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो ।
घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।














