काठमाडौं, ११ साउन । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलामा ८० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।














