एजेन्सी । साढे दुई वर्षदेखि गाजामा हमास समूहविरुद्ध कारबाही जारी राखेको इजरायली सेना पछिल्लोपटक त्यहाँका भौतिक पूर्वाधार ध्वस्त पार्न सक्रिय बनेको पाइएको छ ।
६० हजार हाराहारीमा मानिसको मृत्यु भइसकेको गाजामा इजरायली सेनाले सबै आवासीय भवन ध्वस्त पार्ने गरी नियोजितरूपमा ठूला बम विस्फोट गराइरहेको पाइएको बीबीसीले जनाएको छ ।
बीबीसीले गरेको अध्ययनमा मानवरहित भवन र बस्तीमा इजरायली सेनाले शक्तिशाली बम खसालिरहेको छ । प्राप्त कतिपय फुटेजमा त्यस्ता पूर्वाधार ध्वस्त पारेर त्यहाँको भग्नावेश हटाउने कामसमेत इजरायली सेनाले गरेको बीबीसीको दाबी छ ।
उपग्रहहरुबाट लिइएको तस्विरमा इजरायली सेनाले योजनाबद्धरूपमा अस्पताल, ठूला आवसीय भवन तथा विद्यालयसमेत भत्काइरहेको छ ।














