KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विभिन्न बैंकले घटाए आफ्नो ब्याजदर

विभिन्न बैंकले घटाए आफ्नो ब्याजदर

काठमाडौं, ३२ असार । नेपाल राष्ट्र बैंकको दबाबले साउन महिना देखि व्याजदर घटाएका छन् ।

जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन देखि व्याजदर घटेको छ । अधिकांश बैंकहरूले साउन महिनाको लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक भएको छ । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेको थियो ।

त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनको लागि दबाब पुग्यो । त्यति मात्र नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर जनाएको छ ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ ।

असार महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ । असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् ।

त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।

उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो ।

मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता संकलन भएको केन्द्रीय बैंकले जनाएको छ ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar