काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो कार्यकालको मौद्रिक नीति सार्वजनिक गरिका छन् ।
गभर्नर पौडेलले आगामी आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीति शुक्रबार सार्वजनिक भएकको छ । नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाइएको छ ।
हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. पौडेलले बढाएर २५ करोड रुपैयाँ पु¥याएका हुन् । त्यसैगरी राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरवलोकन गर्ने गरेको छ ।
कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख गरेको छ ।
यस्तै आवासीय घरकर्जाको सीमा २ करोडबाट ३ करोड पु¥याइएको छ ।














