काठमाडौं, २४ असार । नेकपा एकीकृत समावादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थपेको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने समय ७ दिन थपिएको सोमप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
यसअघि असार १७ गते झाँक्रीलाई पार्टीको केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधेका थिए ।
असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन् ।
कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,’ उनले भनेकी थिइन्, ’अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।
पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ । उनको सांसद पद पनि निलम्बनमा परेको छ ।














