काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन् ।
करिब एक घण्टादेखि सत्ता गठबन्धनका नेताबीच छलफल चलेको हो। कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि बालुवाटार गएका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, बाढीपहिरो र डुबानबाट भएको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।














