काठमाडौं, १८ असार । जीपको ठक्करले वेदकोट नगरपालिका–३ का ४१ वर्षीय दीपक चन्दको मृत्यु भएका छन् ।
विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।














