एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आईएसआईएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेका थिए ।
आइएसले आफ्ना तर्फबाट जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी लिएको छ । मन्त्रालयले थप विवरणहरू पर्खिरहेको बताएको छ ।














