काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ देखाएको आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस पोखे ।
‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ ? उनले भने, भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् ।
यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो ।














