काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशङ्का भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे।
महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताएका छन । महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताए ।














