काठमाडौं, ३० जेष्ठ । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको छ ।
सीएनएनका अनुसार लण्डनतर्फ उडेको एयर इन्डियाको विमान धावनमार्गबाट केही पर रहेको एक डाक्टर होस्टलमा खसेको थियो । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा विमानमा सवार यात्रुहरू र जमिनमा रहेका मानिसहरू दुवै समावेश छन् ।
एयर इन्डियाको उडानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ। दुर्घटनामा एकजना बेलायती नागरिक मात्र जीवित बचेका छन् ।
विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको बताइएको छ । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ । दुर्घटनाग्रस्त विमान बोइङ ७८७–८ ड्रिमलाइनर थियो ।














