काठमाडौँ, २८ जेठ । सरकारले गृहमन्त्रीको राजीनामा कुनै हालतमा नआउने बताएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका हुन् ।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । मन्त्री गुरुङले भने, ‘अहिले संसद जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेको छ ।














