KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सांसद ठाकुर र तत्कालीन पालिका अध्यक्षसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा

सांसद ठाकुर र तत्कालीन पालिका अध्यक्षसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा

जनकपुर, २८ जेठ । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

धनुषाको औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोप अख्तियार दुरूपयोग अनुसन्धान आयोगल मंगलबार विशेष अदालतमा ठाकुरसहितमाथि मुद्दा दायर गरेको छ ।

ठाकुर लुम्बिनी÷डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक हुन् । उनको यो कम्पनीले अर्थिक वर्ष २०७७।०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संघ सरकारको स्वीकृत कार्यक्रम १५ शय्या अस्पताल निर्माणको बोलपत्र मार्फत ठेक्का लिएको थियो ।

ठाकुरसँगै औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

यस्तै पालिकाको तत्कालीन ६ वटै वडाका वडाध्याक्षमाथि मुद्दा दायर गरेको छ । वडा नं. १ का वडा अध्यक्ष आशेश्वर यादव, वडा नं.२ का तत्कालीन वडा अध्यक्ष अमित कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष गंगा प्रसाद यादव, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष शिवनाथ साह, वडा नं. ५ तत्कालीन प्रमेश्चर कुमार मण्डल र वडा न.६ का तत्कालीन वडा अध्यक्ष दिलिप कुमार साहमाथि पनि मुद्दा अभियोजन गरिएको छ ।

यस्तै पालिकाका तत्कालीन ईन्जिनियर सोनु साह, तत्कालीन सव–ईन्जिनियर सन्तोष कुमार मण्डल, तत्कालीन सव–ईन्जिनियर बिनित कुमार साह, तत्कालीन खरिदार मोहन कुमार मण्डल र मनोज कुमार यादवमाथि समेत अख्तियारले मुद्दा दायर गरेको हो ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित ठाकुर पूर्व निर्माण व्यवसायी हुन् । गत निर्वाचनमा उनी एमालेमा प्रवेश गरी चुनाव लडेका थिए । भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वतः प्रदेश सांसदको पदबाट निलम्बित भएका छन् ।

Facebook Comment

Related Posts

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar