काठमाडौं, २७ जेठ । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेको नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाले बताए ।
https://www.facebook.com/kpkhabar02/videos/1223780685890846














