KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विशेष अदालतमा तीन पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विशेष अदालतमा तीन पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह–लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई औषधी स्प्रे टंकी वितरणमा अनियमितता गरेको अख्तियारको आरोप छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा कृषकहरूका लागि वितरण गर्न स्प्रे टंकी खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न मिति २०७८।१०।१८ गते जनसवाल राष्ट्रिय दैनिक पत्रिकालाई पत्राचार गरी मिति २०७८।१०।२० मा प्रकाशित भएको भनिएको बोलपत्र आह्वानको सूचना र तराई पोष्टमा मिति २०७८।११।२७ मा प्रकाशित भएको भनिएको बोलपत्र स्वीकृत भएको आशयको सूचना सम्बन्धमा प्रेश काउन्सिल नेपालको पत्रबाट उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक तथा तराई पोष्टमा प्रकाशन भएको नदेखिएको अख्तियारले जनाएको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव, तत्कालीन सह–लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधी ओम प्रकाश यादव समेतको बदनियतपूर्ण उद्देश्यले पत्रिकामा सूचना प्रकाशित नै नगरी झुट्टा नक्कली पत्रिका तथा बिल भरपाई पेश गरी सूचना प्रकाशन गरे वापतको रकम लिने दिने कार्य गरेको एवं भुक्तानीको लागि काटिएको चेकमा उल्लेख भएको नाम केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने समेतको कार्य गरेको अनुसन्धानमा खुलेको छ ।

प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी नक्कली प्रति कार्यालयको अभिलेखमा राखी सो वापत कर कट्टी गरी रु १ लाख ७२ हजार ८२५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र वोलपत्र स्वीकृत भएको आशयको सूचना तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएको भनी नक्कली पत्रिकाको एक प्रति कार्यालयको अभिलेखमा राखी सोवापत ३९ हजार ४०० रुपैयाँ तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

सो कार्य गरी आफूहरुलाई गैरकानूनी लाभ र फतुवा विजयपुर नगरपालिकालाई हानी पु¥याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न रहेका उपरोक्त व्यक्तिहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना समेत हुन मागदावी लिइएको छ ।

Facebook Comment

Related Posts

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar