काठमाडौं, २५ जेठ । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन ।
दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे मात्रै बस्यो । बैठक बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे ।
सत्तापक्ष र प्रतिपक्षको हो–हल्लाका बीच प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले सोमबार दिउासो २ बजे बस्ने गरी स्थगित गरेका छन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको छ ।
त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए÷नभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो ।














