KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर मैथिली भाषा र संस्कृतिको केन्द्र बन्नुपर्छ : देउवा

जनकपुर मैथिली भाषा र संस्कृतिको केन्द्र बन्नुपर्छ : देउवा

जनकपुर, २३ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले जनकपुरमा निर्माण गरिएको भव्य मैथिली भवनलाई केवल भौतिक संरचनामा सीमित नराखी, यसलाई मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन् ।

मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको करोडौं रुपैयाँको लगानीमा निर्मित उक्त भवनको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गर्दै सभापति देउवाले भने, “राम्रा भवनहरू बनाउनु राम्रो हो, तर यो भवनले ज्ञान, सीप, भाषा, साहित्य र सांस्कृतिक चेतनाको प्रवाह पनि गर्नुपर्छ ।

उनले मैथिली भाषा संविधानमा समावेश राष्ट्रिय भाषामध्ये एक भएको उल्लेख गर्दै यसका संरक्षण, विकास र प्रसारमा कोष जस्ता संस्थाहरूको भूमिका अझ सशक्त र सक्रिय हुनुपर्नेमा जोड दिए ।

सभापति देउवाले प्रदेशको नामाङ्कन सन्दर्भमा आफू “जनक र जानकी प्रदेश“ भन्ने नामको पक्षमा रहेको स्पष्ट गर्दै भने, “राजर्षि जनक केवल सामान्य राजा थिएनन् ।

उनका आदर्शहरू आज पनि देशका बिभिन्न ठाँउमा फैलिएका छन् ।“ उनले जनकपुरलाई राम–जानकी विवाहस्थल र सांस्कृतिक धरोहरका रूपमा प्रशंसा गर्दै यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व अझ विस्तार गर्न सकिने बताए ।

मैथिली विकास कोषद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा कोषका अध्यक्ष जिवनाथ चौधरी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न राजनीतिक दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

परम्परागत मैथिली पोशाक, खानपान र स्वागत संस्कारले कार्यक्रमलाई विशिष्ट बनाएको थियो ।

Facebook Comment

Related Posts

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar