जनकपुर, २३ जेठ । सप्तरीमा डाँका समूहहले एकजनाको हत्या गरेका छन् ।
सप्तरीको सुरूङा नगरपालिका –८ का ५६ वर्षीय कन्तलाल चौधरीको हत्या गरेको छ । बिहिवार राति १ बजेको समयमा ४÷५ जनाको संख्यामा आएका डाँकाहरूको समूहले चौधरीको घरमा प्रवेश गरी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस क्रममा प्रतिकार गर्दा डाकाहरुले धारिलो हतियार र गोली प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै उनका भाई रमाकान्त चौधरीले बाहिर निस्केर होहल्ला गर्दा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














