काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो ।














