काठमाडौं, २१ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूले सदनमै जवाफ दिने दोहो¥याएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको विषय सदनमा उठेकाले सदनमै जवाफ दिने बताए ।
उनले भने, ‘यो जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ। अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दियो भने अरू साथीहरूको पनि चित्त बुझ्ला भन्ने अपेक्षा राखेको छु ।
यस्तै, उनले राप्रपाका नेताहरूले राजावादी आन्दोलन छाडे लगत्तै सुरक्षाकर्मी फिर्ता गराउने बताए । राजावादी आन्दोलनको कारणले सुरक्षाकर्मी धेरै चाहिएकाले अहिले फिर्ता पठाउन नसक्ने बताए ।














