काठमान्डौँ, २० जेठ । प्रतिनिधिसभाको आजको बैठक बस्न नपाउँदै स्थगित गरिएको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा अडिग रहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगित गरिएको हो ।
संसद सचिवालयले सूचना टाँस गर्दै बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिएको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक पछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो, तर अन्ततः सुरु हुनुअघि नै स्थगित गरिएको हो ।














