काठमाडौँ, १९ जेठ । चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् ।
एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी उनी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार बिहान नेपाल फर्किएकी हुन्।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।
विमानस्थलमा पूर्वराष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण सफल भएको जानकारी दिएका छन ।














