काठमाडौं, १८ जेठ । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको ।
स्थानीय प्रशासनले बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । आइतबार (जेठ १८) दिउँसो नक्सालस्थित नारायणचौरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिएका छन ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।














