एजेन्शी, छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला २ दिनमा मात्रै २१ जनाको मृत्यु भएको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।यसमा सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन् ।
भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो।
छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ ।














